निर्वाचनलाई भयरहित बातावरणमा सम्पन्न गराउन सञ्चारकर्मीहरुसंग अन्तरक्रीया
- कार्तिक २७, २०७९ मा प्रकाशित
इटहरी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निश्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया सुनसरीमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा निश्पक्ष ,स्वतन्त्र निर्वाचनमा सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया इटहरीमा सम्पन्न भएको हो ।
निर्वाचनलाई निश्पक्ष ,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने विषय केन्द्रित अन्तरक्रियामा सवैको सहभागितामा निर्वाचनलाई सपलता पुर्वक सम्पन्न गर्नु पर्नेमा सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जोड दिए ।
त्यसै गरी निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न प्रशासनले सवै तयारी पुरा गरेको र त्यसका लागि कुनै कसर बाँकी नराख्ने समेत सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अन्तरक्रियामा पत्रकारहरुले निर्वाचन केन्द्रित विभिन्न जिज्ञासाहरु राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का , जिल्ला अध्यक्ष जनकऋषि राई लगातका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments