
मोरङ ३ काे ‘१’का लागि छुट्टै निर्वाचन कार्यक्रम, मतदान मंसिर ४ मै
- कार्तिक २४, २०७९ मा प्रकाशित
बिराटनगर । निर्वाचन आयोगले मोरङ निर्वाचन क्षेत्र नम्बर– ३ को प्रदेशसभा ‘१’ का लागि छुट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सो क्षेत्रका नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएपछि आयोगले सम्बन्धित दलका लागि निर्वाचन कार्यक्रम संसोधन गरेको हो ।
संसोधन अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तिम नामावली प्रकाशनका लागि बिहीबार र शुक्रबारका लागि समय तोकिएको छ । मतदान भने मंसिर ४ का लागि नै निर्धारण गरिएको छ ।
प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि बिहीबार विहान १० बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ । १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवार विरुद्ध उजुरीका लागि समय तोकिएको छ । जाँचबुझका लागि कात्तिक २४देखि ५ बजेदेखि २५ गते दिउँसो १२ सम्म समय तोकिएको छ । नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने समय शुक्रबारलाई तोकिएको छ ।
प्रदेशसभा निर्वाचन ऐन २०७४ को ३२ को उपदफा ५ अनुसार जुन दलको उम्मेदवारको मृत्यु भएको हो, सोही दलका लागि मात्रै निर्वाचन आयोगले निर्वाचनको केही कार्यक्रम संसोधन गरी सार्वजनिक गरेको हो ।
गत असोेज २३ गते मनोनयन दर्ता गरेका थापा २४ गतेदेखि अस्पताल भर्ना भएका थापाको आज विहान मृत्यु भएको थियो । प्रदेश १ का वन वातावरण तथा भू संरक्षण मन्त्री समेत रहेका थापाको मृत्यु शोकमा प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments