
बैंककाे चर्काे ब्याजदरबिरूद्ध इटहरीका ब्यवसाययी आन्दाेलित
- कार्तिक २३, २०७९ मा प्रकाशित
इटहरी । राष्ट्र बैंकले चर्काे ब्याजदर नीति ल्याएपछि मार्कामा परेका ब्वयसायीहरूले बिभिन्न चरणमा आन्दाेलनका कार्यक्रमहरू सार्वजनिक गरिरहेकाे बेला सुनसरीकाे इटहरीमा भने ब्यवसायीहरूले स्थानिय बैंकका शाखाहरू घेराउ सहित नारावाजी गरेका छन ।
दुइ दर्जन बढी ब्यवसायीहरूले बुधबार इटहरी क्षेत्रमा रहेका आधा दर्जन बढी बैंकका शाखाहरू घेराउ गरेका हुन । व्यवसायीहरूले बैँकको आतंक बन्द गर , पुरानाे ब्याजदर कायम गर , व्यवसायी व्यवसायी एक हाै जस्ता प्लेकार्डहरू बाेकेर बैंक बिरूद्ध नारावाजी गरेका थिए ।
आन्दाेलन इटहरीकाे मुख्य चाैकमा पुुगेपछि काेणसभामा परिणत भएकाे थियाे । काेणसभामा बाेल्दै उद्याेग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पाेख्रेलले देशकाे अर्थतन्त्र धरासयी बनिरहेकाे बेला राष्ट्र बैंकले ल्याएकाे चर्काे ब्याजदर नीतिले उल्टै ब्यवसायीहरूलाइ मार्ने तर्क दिएका थिए ।
उनले तत्काल याे निर्णय फिर्ता लिन राष्ट्र बैंक समक्ष माग गरेका छन । कोणसभामा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष सीताराम सापकोटा, उवासंघका पूर्व महासचिव टंक खनाल, सुनचाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष टीका लामगादे लगायतले बाेलेका थिए । आन्दाेलनकाे नेतृत्व इटहरी उद्याेग वाणिज्य संघले गरेकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments