
अब सवारीसाधनमा माईक जडान गरी प्रचारप्रसार गरे उम्मेदवारी रद्द
- कार्तिक २२, २०७९ मा प्रकाशित
इटहरी । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका निम्त्ति सवारीसाधनमा माईक जडान गरी चुनावी प्रचारप्रसार गर्न नपाइने भएको छ ।सवारीसाधनमा माईक जडान गरी प्रचारप्रसार गरे कानुन बमोजिम कारबाही गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको हो ।
निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलहरूसँग छलफलका निम्त्ति सोमबार आयोजित एक कार्यक्रममा कार्यालयले यस्तो जनाएको हो । कार्यालयका अनुसार निर्वाचनलाई दृष्टिगत गर्दै मोटरसाइकल र्याली, फ्लेक्स प्रिन्टहरूको प्रयोग र अनुमति नलिएका सवारीसाधनमा झण्डाको प्रयोग समेत गर्न नपाइने भएको छ ।
आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम १ लाख रूपैयाँ जरिवाना वा उम्मेदवारी समेत रद्द गर्न सकिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।
आचारसंहिता पालनाको बिषयमा समस्या देखिएको भन्दै निर्वाचन कार्यालयले हालसम्म १५ वटा मौखिक उजुरी प्राप्त भएको जनाएको छ । निर्वाचन आचारसंहिता पालना गर्न गराउन राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने कार्यालयको अपेक्षा छ ।
कार्यालयले आचारसंहिता उल्लंघनका घटना भए आचारसंहिता अनुगमन समितिमा जानकारी गराउन आग्रह गरेको छ । पालिकास्तरमा दलहरूको समन्वय व्यक्ति तोकेर सहजीकरणको व्यवस्था मिलाइदिन समेत कार्यालयले अनुरोध गरेको छ ।
जुलुस, आमसभा, कोणसभा र र्यालीहरू नजिकको प्रशासनमा जानकारी गराएर मात्र गर्न सकिने कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयले भने हालसम्म मोरङमा निर्वाचनको सम्पुर्ण तयारीहरु अन्तिम चरणमा पुगिसकेको जानकारी दिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments