•  १० मंसिर २०८१, सोमबार
  •  8:22:00 AM

रामधुनीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

- कार्तिक २१, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको रामधुनी नगरपालिका १ स्थित शिव चोकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४५४२ नम्बरको बसले बिपरीत दिशातर्फ जाँदै गरेको प्र–१–०२–०४५ प ४२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इनरुवा ९ बस्ने २७ वर्षीय रोहित शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक सिराहा धनगढी माई नगरपालिका ९ बस्ने ३३ को विजयकुमार योन्जन र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर