
सुनसरी ३ : किन जनतामाझ लाेकप्रीय छन बिजय कुमार गच्छदार ? यि हुन चुनाब जित्ने आधार
- कार्तिक २१, २०७९ मा प्रकाशित
इटहरी । देशभर प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनकाे माहाेल तातिरहेकाे बेला सुनसरी ३ मा भने याे पटक नेकपा एमाले र संयुक्त गठवन्धनका उम्मेद्वारबिच राेचक प्रतिस्पर्धा हुने देखिएकाे छ ।
सुनसरी ३ मा नेकपा एमालेले प्रतिनिधि सभा सदस्य तर्फ भगबती चाैधरीलाइ उठाएकाे छ भने गठबन्धनबाट नेपाली कांग्रसका प्रभावसाली नेता बिजय कुमार गच्छदारलाइ उम्मेद्वार बनाएकाे छ । याे संगै स्थानीय देखि केन्द्रीय स्तर राजनीतिक पार्टिकाे पनि ध्यान सुनसरी तिरै केन्द्रित छ । एमालेकि भग्वती चाैधरी र कांग्रेसका गच्छदार बिच याे तेश्राे प्रतिस्पर्धा हाे ।

भगबती मतदाताहरूमाझ स्थानीय समस्याहरूलाइ एजेन्डा बनाएर हर हालतमा चुनाव जित्ने पक्षमा छिन भने तेश्राे पटक पनि जितेरै छाेडने रणनीतिका साथ गच्छदार पनि यहि मैदानमा रहेका छन । सिमित कार्यकर्ता र प्रभावशाली नेताहरू बाेकेर गच्छदार मतदाताहरूकाे घरदैलाेमा भाेट माग्न ब्यस्त देखिएका छन ।
किन जनता माझ लाेकप्रीय छन गच्छदार ?
२०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका गच्छदार अहिले पनि जनतामाझ त्यतिकै लाेकप्रिय मानिन्छन । सुनसरी क्षेत्र नं ३ मा उनले गरेकाे बिकाशका कामहरूले सदावहार चर्चामा अाइरहन्छन ।बि.सं. २०४६ सालको परिवर्तन पश्चात कुनै निर्वाचनमा पनि जनताको बीचबाट नहारेको नेताको रुपमा चिनिएका गच्छदारलाइ सुनसरी ३का वासिन्दाले बिकाशकाे अर्काे नाम र राजनीतिका हस्ती भनेर मान्दछन ।

देशकै शिर्ष नेता मध्ये एक रहेको उनी राजनैतिक यात्रामा ठुला ठुला चुनौतीहरु संग लडेर आफुलाई राष्ट्रिय स्तरको नेताको रुपमा चिनाउन सफल भएको नेताकाे रूपमा पनि चिनिन्छन । लामो राजनैतिक अनुभव र राष्ट्रिय स्तरको पहुँच भएको तथा सुनसरी क्षेत्र नं. ३ का जनता प्रति सधै उदार र सहयोगी मानिएका बिजय कुमार गच्छदार सबैको लागि सरल भएकोले जनताका कुनै पनि समस्याहरुलाई समाधान गर्न सक्ने क्षमतावान नेताकाे रूपमा पनि चिनिन्छन ।
त्यति मात्र नभइ नेपाल कै संचार इतिहासमा पहिलो पटक “राष्ट्रिय संचार नीति २०५०” लागू गर्ने ऐतिहासिक व्यक्तित्व हुन् गच्छदार । उनले राजनीतिक संगै संबिधान निर्माणमा पनि त्यतिकै महत्वपुर्ण भुमिका निर्वाह गरेर अर्काे लाेकप्रियता कमाएका छन । १३ पटक सम्म सरकारमा रहेर पूर्वि नेपालकाे सुसाशन , बिकाश र समृद्धि प्रति पुर्याएकाे याेग्दानबारे गच्छदारकाे खुलेरै चर्चा हुने गरेकाे पाइन्छ ।
२०१० साल माघ १९ गते सुनसरी ८ पचिरामा भएको हो । बिजय कुमार गच्छदार पिछडिएको भनिएको एउटा थारु समुदाय प्रतिनिधिको रुपमा पंचायतको जेल बस्दै उदाउदै आएका कुशल नेता मानिन्छन । बि.सं. २०४६ सालको परिवर्तन पश्चात कहिल्यै पनि निर्वाचन जनताको बीचबाट नहारेको नेताको रुपमा सबैले चिनेका गच्छदारलाइ सुनसरी ३ मा जनताले नै जिताउदै अाएका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments