
चाडपर्व लगतै आन्दोलन गर्ने उद्याेगीहरूकाे चेतावनी
- आश्विन ३०, २०७९ मा प्रकाशित
इटहरी । सरकारले उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति नलिए चाडबाडपछि निजी क्षेत्र बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको नेपाल उद्योग परिसंघले जनाएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले प्रेस विज्ञप्ति जारी गरी बैंकहरुले महिनैपिच्छे ब्याजदर बढाउने गरेको तर ब्याजदर घटाउने तर्फ सरकारले कुनै पहल नगरेको भन्दै सबै व्यवसायिक संघ संस्थाहरुसँग समन्वय गरेर संयुक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ ‘मुलुकको आर्थिक अवस्था नाजुक हुदै गइ रहेको अवस्थामा आर्थिक क्षेत्रका स्तम्भ मानिने उत्पादनमूलक उद्योगहरुलाई प्रोत्सान गर्नुको सट्टा राज्य तथा बैंकहरुबाट लगातार भैरहेको ब्याज वृद्धी र पुन वृद्धीको तयारीले सम्पूर्ण ओद्योगिक क्षेत्र हतोत्साही भैरहेको तर्फ सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गराउने र कुनै सुनुवाई नभएमा चाडपर्व पश्चात यसरी महिनैपिच्छे बैंकहरुले बढाउने गरेका बैंक ब्याजलाइ पूर्व सहमति अनुरुप एकअंकमा नझारेसम्म सरोकारवाला सबै संघ संस्थाहरुसँग समन्वय गरी संयुक्त रुपमा कडा भन्दा कडा विरोधसहितको कार्यक्रम गर्ने निर्णय गरियो ।’
परिसंघले नेपालीहरुको चाडको उपलक्षमा कात्तिक २ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यत्रक्रम आयोजना गर्ने निर्णय भएको पनि जानकारी गराएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments