
सिरहाबाट १८ वर्षिय युवककाे अपहरण , बिराटनगर ल्याएर हत्या : तिन जना पक्राउ
- आश्विन २९, २०७९ मा प्रकाशित
इटहरी । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।
उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा समयमा नै सूचना नआएका कारण घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ । सदाको परिवारले अपहरण भएकोे तीन दिनपछि बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए । प्रहरीमा उजुरी गरेपछि अंशुको परिवारले फिरौती मागेको मध्येबाट तत्कालका लागि भन्दै १० हजार रुपैयाँ मनोज कार्कीको माछापुच्छ्रे बैंकको खातामा हालिदिएका थिए ।
शुक्रबार बिहान कार्की र मण्डल पैसा निकाल्न बैंकमा पुगे । अपहरणको सूचनापछि निगरानी बढाएको प्रहरीले पैसा निकाल्दै गर्दा बैंकबाटै दुई जनालाई पक्राउ गर्यो । पक्राउ परेकाहरुले शव भए ठाउसम्म पुर्याए ।
‘पक्राउ परेकाहरुलाई हामीले सोधपुछ गर्दा अपहरणपछि हत्या गरिसकेको बयान दिए,’ मोरङका एसपी शान्तिराज कोइरालाले भने,‘ होटलमा पुगेर अनुसन्धान गर्दा शव भेटियो ।’घटनामा सङ्लग्न एक जना अझै फरार छन् । एसपी कोइरालाले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments