•  १० मंसिर २०८१, सोमबार
  •  10:58:31 AM

जन्मदिनकाे अवसर पारेर पाैडेलले खुवाए मायाघरमा एकछाक भाेजन 

- आश्विन २६, २०७९ मा प्रकाशित



मोरङको कानेपोखरी ६ स्थित रमाइलो स्थायी ठेगाना भएका सुरेस पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर इटहरीस्थित माया घर नेपालमा आश्रय लिएर बसेकाहरूलाइ एक छाक खाना खुवाएका छन ।

जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्नु पर्छ भन्ने भावनालाई कदर गर्दै इटहरीस्थित माया घरमा रहेका १०५ जनाआसृतहरूलाई भोजन प्रदान गरिएको हो।पाैडेल इटहरीस्थित किन्टर गार्डेन एजुकेशन एण्ड भिजा सर्भिसका सञ्चालक समेत हुन । 

जापानमा रहँदै आएका कारण अरु वर्ष आफ्नो प्रत्यक्ष उपस्थिति नरहने गरेको थियो तर यस वर्ष आफ्नै उपस्थितिमा जन्मदिन माया घर नेपालमा आएर बच्चा देखि ज्येष्ठ आमाहरूसँग बसेर  मनाउन पाउँदा  खुसि लागेको र सदैव यस संस्थाबाट यस्ता सामाजिक उत्तरदायित्वलाई बुझ्दै विविध कार्यक्रम गरिने समेत बताए । 

  जन्मदिनमा शाथीभाइ भेला गरेर केट काट्नु र रमाइलो गर्नुभन्दा त्यो खर्चले एक छाक भएपनि कसैको पेट अघाउनेगरी खुवाउन पाउदा पुन्य पाइन्छ भन्ने ज्ञानका साथ माया घरमा आश्रीतहरूलाइ बिहानको एक छाक खाना खुवाएको पौडेलले बताए । उनले यसो गर्न पाउदा भित्रैदेखि खुशी प्राप्त गरेको बताए । 

 

Comments

सम्बन्धित खवर