इटहरीमा बिहान काट्छु भनेका ज्वाइले साझमा जेठानकाे हत्या गरे
- आश्विन २३, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा घरायासि बिवाद सडकमा अाएपछि ज्वाइले जेठानकाे हत्या गरेका छन । शनिबार साझ मुख्य चाैककाे नेश्नल गल्ली अघाडी ज्वाइले धारीलाे हतियार प्रहार गरेर जेठानकाे हत्या गरेका हुन । हतियार प्रहारबाट इटहरी ५ का ४६ वर्षीय सफारी चालक भुने चाैधरीकाे बाया हात छिनेकाे थियाे ।
उनकाे उपचारकाे क्रममा धरानस्थित बिपि प्रतिस्ठानमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । हतियार प्रहार गर्ने इटहरी ५ का राम भुजेल भने फरार रहेकाे प्रहरीले जनाएकाे छ । भुजेल फरार रहेपनि उनकाे एक सहयाेगी भने पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
भुजेल नातामा चाैधरीकाे ज्वाइ पर्ने अनुशन्धानकाे क्रममा खुलेकाे छ । परिवार भित्रकै मान्छेबिच झगडा के कारणले भयाे कारण खुलेकाे छैन तर स्थानियका अनुसार चाैधरीलाइ काटछु भनेर भुजेलले बिहानै देखि दागा धरेर बसेका थिए । भुजेल अटाे चालक रहेकाे प्रारम्भिक अनुशन्धानबाट खुलेकाे छ । घटनापछि प्रहरीले चाैधरीकाे को २ ह ४७४६ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएर थप अनुशन्धान थालेकाे छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments