•  १० मंसिर २०८१, सोमबार
  •  12:44:22 PM

इटहरीकाे बगैंचा टोल विकास संस्थाको १८ औ साधारण सभा : रत्न कार्कीकाे अध्यक्षतामा नया समिती चयन

- आश्विन १०, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरी ४ स्थित बगैचा टोल बिकाश संस्थाले गत शनिबार आफ्नो १८ औ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।साधारण सभाले संस्थामा रत्नबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ ।

बिभिन्न सामाजिक कामहरूमा सकृिय संस्थाको रूपमा परिचित बगैचा टोल बिकाश संस्थाले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा उपाध्यक्ष कुसुम माया तमांग , सचिव पूर्ण बहादुर बस्नेत  कोषाध्यक्ष लक्ष्मी पोखरेल, सह(सचिव सबिता राई, सदस्य अनिमेश कार्की, सदस्य दुर्गा माया तमांग लगायत अन्य रहेका छन ।

कार्यक्रममा टोलको भवनकोलागी १० धुर जग्गा निशुल्क प्रदान गर्ने जग्गा दाता हरी न्यौपाने र भवन निर्माण कार्यमा सहयोग  गर्ने युवा नेता मदन चुडाललाई सम्मान गरीएको थियो । त्यस्तै संस्थाको साधारण सभामा उपस्थित १८ जना ज्येस्ठ नागरिकहरूलाइ ढाका टोपि , लौरो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एक नं प्रदेशकि उप सभामुख सरस्वती पोख्रेल , बिशिस्ट अतिथी प्रदेश सांसद  सर्वध्वोज साँवा , इटहरी खानेपानीका अध्यक्ष राम प्रशाद चौलागाइले संस्थाले गरेको सामाजिक कामहरूको बारेमा खुलेरै प्रसंशा गरेका थिए ।

कार्यक्रममा  वडा (४ पूर्व सदस्य डिक बहादुर राई ४ नम्बर वडा सदस्य बिशेस्वर पोखरेल लगायत छिमेकि टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधि बगैंचा टोलका पूर्व अध्यक्ष तथा पदाधिकारी र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो । 

Comments

सम्बन्धित खवर