
खाने तेलको मूल्य ५० रुपैयाँसम्म घट्यो
- आश्विन ३, २०७९ मा प्रकाशित
इटहरी । चाडबाडको समयमा बजारमा खाने तेलको मूल्य सस्तिएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । सरकारले तेलको कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने निर्णयको सकारात्मक असर उपभोक्ता मूल्यमा देखिएको हो । सरकारले लगाउँदै आएको भन्सार महसुल घटाउने निर्णयसँगै विश्व बजारमा तेलको कच्चा पदार्थको मूल्यमा भारी गिरावट आएका कारण पनि नेपाली बजारमा तेलको भाउ सस्तिएको हो ।
जेठ–असार महिनामा खाने तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । त्यसबेला प्रति १० लिटर सोयाविन तेलको फ्याक्ट्री मूल्य २५०० रुपैयाँ र उपभोक्ता मूल्य ३३० रुपैयाँभन्दा बढी पुगेको थियो । आइतबार सोयाविनको तेलको फ्याक्ट्री मूल्य प्रतिकार्टुन २१५० रुपैयाँमा कारोबार भएको उद्योगी अभिनाश बोहराले जानकारी दिए । आइतबार बजारमा सोयाविन तेल प्रतिलिटर २६० रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा अधिक खपत रहेको सूर्यमुखी तेलको मूल्यमा पनि भारी गिरावट आएको छ । उच्च मूल्य वृद्धि हुँदा सूर्यमुखी तेलको प्रति दश लिटरको फ्याक्ट्री मूल्य ३३०० रुपैयाँ र खुद्रामूल्य प्रतिलिटर ४०० रुपैयाँसम्म पुगेको थियो ।आइतबार फ्याक्ट्रीबाट प्रति १० लिटर २८०० रुपैयाँमा बिक्री भएको उद्योगी बोहराले जानकारी दिनुभयो । खुद्रा बजारमा सूर्यमुखी तेल आइतबार प्रतिलिटर ३०० रुपैयाँ हाराहारीमा कारोबार भएको थियो ।
तेलको मूल्य झर्नुमा सरकारले पछिल्लो समय भन्सार छुट दिने गरी गरेको निर्णय र विश्व बजारमा कच्चा पदार्थको सहज भई मूल्यमा गिरावट आउनुले महत्वपूर्ण भूमिका खेलेको विराटनगरका उद्योगी नन्दकिशोर राठीले जानकारी दिनुभयो । ‘युक्रेन–रुस युद्धले गर्दा प्रतिटन ११०० डलरमा पाइने भटमासको मूल्य बढेर १८०० डलर पुगेको थियो, त्यसले गर्दा तेलको भाउ झण्डै दोब्बरले बढ्न पुग्यो,’ उद्योगी राठीले भने ‘आइतबार सोयाको मूल्य १३५० डलरमा झरेको छ, यस अवधिमा प्रतिटन करिव ५०० डलरले मूल्य घटेकोले त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।’
रुस युक्रेन युद्धको बेला युक्रेनबाट सूर्यमुखी र सोयाबिन बाहिरन नसक्दा ब्राजिल र मलेसियामा बढी चाप परेको थियो । बजारमा माग र आपूर्तिको सन्तुलन विथोलिएपछि मूल्य अचाक्ली बढ्न पुगेको थियो । अहिले युक्रेनबाट बेलारुस हुँदै भटमास र सोयाविनको निर्यात खुलेको छ । जसले बजारमा तेलको मूल्य घटाउन सहयोग पुगेको छ ।सरकारले भन्सारमा छुट गर्ने निर्णय गर्नुअघि सनफ्लावर तेल प्रति १० लिटरको मूल्य २९०० हाराहारीमा रहेको थियो । उक्त निर्णयपछि मूल्य २८०० मा झरेको हो ।
तेलको मूल्य अझै केही समय निरन्तर झर्दै जाने विराटनगरका उद्योगीहरुले बताएका छन् । ‘तीन महिना अघिको अर्डर अहिले उद्योगमा चलिरहेको छ, सरकारले भन्सार घटाउने निर्णयपछि अर्डर गरेको वस्तु दुई सातापछि आइपुग्छ त्यसपछि बजारमा तेलको मूल्य अझ घट्छ,’ उद्योगी बोहराले भने ।‘भन्सार महसुलका कारण केही समय अघिसम्म नेपाली तेल उद्योगहरु सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेको थियो र सीमा क्षेत्रबाट तेलको आयात बढेको थियो,’ उद्योगी बोहराले भन्नुभयो ‘अब भारतबाट अनौपचारिक मार्गबाट तेल आउन करिब बन्द भएको छ र उद्योगमा सहज वातावरण बनेको छ ।’
यसैगरी बजारमा तोरी तेलको मूल्य पनि घटेको छ । युक्रेनबाट तोरी पर्याप्त ननिस्किँदा विश्व बजारमा तोरीको मूल्य घटेको छैन । तर भन्सार महसुल घट्दा तोरी तेलको भाउ पनि प्रतिलिटर ५० रुपैयाँ हाराहारीमा घटेको छ । अहिले तोरी तेलको प्रति १० लिटर फ्याक्ट्री मूल्य २५०० देखि २६०० रुपैयाँमा आएको छ ।उद्योगीले तेलको मूल्य दैनिक घटबढ गरे पनि खुद्रा बजारमा भने मूल्य समायोजन हुने गरेको छैन । प्रभावकारी बजार अनुगमनको अभावमा व्यापारीहरुले बढी मूल्य लिएर उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments