
धरानका मेयर साम्पाङ्को चौतर्फि चर्चा : श्रमदानबाट ल्याएरै छाडे पानी
- भाद्र २८, २०७९ मा प्रकाशित
इटहरी । धरानका मेयर हर्क साम्पाङले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न सफल भएका छन् । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
मेयर साम्पाङले भने, ‘हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।’ उनले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुपछि झन् ठूलो पानीको फोहोरा आउने बताए । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् । भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान बजारको सिरानसम्म अहिले पानी ल्याएको र अबको ५-६ दिनपछि बजारको बीचसम्म पुर्याइने जानकारी दिएका छन् ।
बजारको बीचमा बनाइएको ट्याङ्कीमा पाइपमार्फत ल्याइएको पानी राखिनेछ । त्यसपछि धरानवासीलाई वितरण गर्ने तयारी रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार ३ महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिलेसम्म यो पानीका लागि सरकारी रकम खर्च नभएको पनि उनले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments