
१५ वर्षीया बालिकाले आत्महत्या गर्न खाेजेपछि खुल्याे सामूहिक बलात्कारकाे रहस्य
- भाद्र २७, २०७९ मा प्रकाशित
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे छ । गौरा पर्वमा देउडा हेरेर रमाइरहेकी बालिकालाई त्यही भिडमा रहेका चार जना युवकले नास्ता खाने भन्दै फकाएर बलात्कार गरेकाे खुलेकाे प्रहरीले जनाएकाे छ ।
२१ भदौकाे राति घोडाघोडी बजारमा देउडा भइरहेकै समयमा ती बालिकालाई एक युवकले काम छ भन्दै अलि पर पुर्याएका थिए । त्यसपछि एउटा कोठामा लगेर मदिरा सेवन गराएपछि युवकले अन्य तीन जना साथी समेतलाई बोलाएर बलात्कार गरेको खुलेकाे प्रहरीले जनाएको छ ।
बलात्कारपछि ती बालिकाले अभिभावकलाई घटनाबारे बताएकी थिइनन्, बरु आत्महत्याकाे प्रयास गरेकी थिइन् । मर्छु भनेर स्यानीटाइजर खाएपछि उनी बेहोस भएकी थिइन् । अस्पतालमा उपचारपछि उनकाे हाेस् खुल्दा बलात्कार भएकाे घटना बाहिर आएकाे हाे । चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाका तर्फबाट इलाका प्रहरी कार्यालय सुखडमा भदौ २३ गते जाहेरी दर्ता भएकाे छ ।
आरोप लागेका चार जनामध्ये तीन जनालाई प्रहरीले २४ गते नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय हिमाल सापकोटा सोही ठाउँका २० वर्षीय ऐशु सापकोटा र घोडाघोडी नगरपालिका वडा न २ का १८ वर्षीय बसन्त बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । तीन जना पक्राउ परे पनि एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको डीएसपी जोशीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments