•  १० मंसिर २०८१, सोमबार
  •  7:31:19 AM

मन्दिरको दानपेटिका फुटाएर नगद चोरी गर्ने सुनसरीका राेशनकुमार पक्राउ 

- भाद्र २४, २०७९ मा प्रकाशित



इटहरी । मन्दिरको दानपेटिका फुटाएर नगद चोरी गर्ने एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । दानपेटिका फुटाएर एक लाख २५ हजार रूपैयाँ चोरी गरेको घटनामा संलग्न इनरुवा–४ का २३ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।

राईका अनुसार यादवले गत बुधबार राति इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी मन्दिरको दुईवटा दानपेटिका फुटाएर रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

घटनाका बारेमा जानकारी प्राप्त भएपछि सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले चोरीमा संलग्नको पहिचान एवम् पक्राउका लागि विशेष टोली परिचालन गरेका थिए । रकम चोरी गरेपछि भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले यादवलाई इनरुवा–३ बाट पक्राउ गरेको हो । 

डिएसपी राईका अनुसार चोरी गरेको नगदसहित यादव पक्राउ परेका हुन् । प्रहरीले उनीविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ । 

पक्राउ परेका यादव लागुऔषधका दुव्र्यसनी रहेको पत्ता लागेको छ । साथै इनरुवा क्षेत्रमा भएका विभिन्न चोरीका घटनामा उनको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर