
सन्दीपले भने : मविरुद्धको आरोप टिमलाई थाहा भइसक्यो, तर खेल्न समस्या छैन
- भाद्र २३, २०७९ मा प्रकाशित
काठमाडाै । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको आरोपबारे जमैका तलवाज क्लबलाई पनि जानकारी भएको बताएका छन्। जमैका तलवाजमा आवद्ध सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। नेपाल क्रिकेट संघ (क्यान) सँग कुरा गर्दै उनले आफूमाथि लागेको बलात्कार आरोपबारे आफ्नो क्लबलाई जानकारी भइसकेको र खेल्न समस्या नरहेको बताएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।
‘हिजो राति मैले नै सन्दीपलाई सम्पर्क गरेर तिमीविरुद्ध एकजना युवतीबाट केस फायल भएको छ, तिमीलाई थाहा छ भनेर सोधेको थिएँ। उसले थाहा पाएको र आफ्नो संलग्नता नरहेको बतायो’, मल्लले भने, ‘तिमी अब फर्किनु पर्ने होला भन्दा उसले म सीपीएल सकेर फर्किन्छु भन्यो। उक्त प्रकरणबारे आफ्नो टिमले पनि थाहा पाइसकेको र खेल्न समस्या नरहेको बतायो।’उनले क्यानसँग कानुनी उपचारका लागि आवश्यक सहयोगसमेत माग गरेका छन्। क्यानले सकरात्मक जवाफ दिएको छ।
‘हाम्रो खेलाडी हो अपराध गरेको छ भने क्यानले ढाकछोप गर्दैन। कानुनी उपचार उसको अधिकारको कुरा हो। क्यान उसको अविभावक पनि हो। कानुनी सल्लाहकारको व्यवस्था गर्न सहजीकरण गरिदिन्छौँ। बाँकी उसको वकिलले गर्ने कुरा हो’, मल्लले भने। क्यानले यसबारे प्रहरीसँग पनि सोधखोज गरेको छ। तर प्रहरीले अहिले घटना प्रारम्भिक अनुसन्धानमै रहेको जवाफ दिएको थियो। प्रहरीले क्यानसँग कुनै सहयोग नमागेको बताइएको छ।
सन्दीपविरुद्ध १७ वर्षीया एकजना किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी छन्। जाहेरी परेसँगै प्रहरीले अनुसन्धान थालिसकेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments