
इटहरी सरकारकाे अर्काे निर्णय : शैक्षिक क्षेत्र , अस्पताल र बसपार्ककाे १०० मिटर भित्र सुर्ति र मदिरा निषेध
- भाद्र २२, २०७९ मा प्रकाशित
इटहरी । इटहरी उपमहानगरले बिद्यालय , अस्पताल , सार्वजनिक स्थान , वसपार्कको १०० मिटर आसपासका क्षेत्रमा सुर्तिजन्य पदार्थ र मदिरा बिक्रिबितरणमा निषेध गरेको छ । बुधबार बसेको १२२ औ कार्यपालिकाको बैठकले उपमहानगरमा सञ्चालित बिद्यालय , अस्पताल , वसपार्क तथा सार्वजनिक स्थलदेखि १०० मिटरको दुरीभित्र कुनै पनि सुर्तिजन्य र मदिराजन्य बस्तुको बिक्री बितरण गर्न नपाउने नियम लागु गरेको हो ।
बैठकमा मेयर हेमकर्ण पौडेलले शैक्षिक क्षेत्र लगायत अस्पताल र साृवजनिक स्थानमा सुर्ति र मदिरा सेवन गर्न नपाउने प्रस्ताव पेश गरेपछि कार्यपालिका सदस्यहरूले पास गरेपछि यो नियम लागु हुने भएको हो । अब इटहरी उपमहानगरको शैक्षिक क्षेत्र , अस्पताल र सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने भएको छ भने बिक्री बितरणमा पनि निषेध लगाएको छ ।
अस्पताल तथा शैक्षिक क्षेत्रको १०० मिटर आसपास सुर्तिजन्य र मदिरा जजन्य पदार्थ बिक्रि बितरण गर्न नपाइने संघिय कानुनमै उल्लेख भएपनि त्यस्को कार्यानवयन अहिले सम्म भएको छैन । उपमहानगरले संघिय कानुनलाइ स्थानिय स्तरबाट पालना गराउनुपर्ने दायित्व स्वोरूप नियम पालना गराउन लागिएको हो ।
‘जसले मदिराको लाइसेन्स लिएको छ, त्यसले मात्रै मदिरा बेच्न पाउँछन् । खानेलाई र बेच्नेलाई पनि कारबाही गरिनेछ ।’ प्रस्ताव पास गर्दै गर्दा मेयर पौडेलले भने । सुर्तिजन्य पदार्थमा गुट्खालाई समेत समेट्ने र बेच्नेलाई कडाभन्दा कडा कारबाही गर्न कार्यपालिका सदस्यहरुले माग गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments