
इटहरीमा नाे पार्किङकाे एक साता : एक दर्जन बढी सवारी साधन कार्वाहिमा : राजमार्ग खाली , फुथपात अस्तब्यस्त
- भाद्र २२, २०७९ मा प्रकाशित
इटहरी । मुख्य राजमार्ग क्षेत्रलाइ फराकिलो र ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने उद्येश्यले एक साता अघि देखि थालिएको राजमार्ग नो पार्किङ प्रभावकरी देखिएपनि फुटपाथ अस्तब्यस्त बनेको छ । इटहरी उपमहानगरले मुख्य राजमार्ग देखि ३०० मिटर सम्म कुनै पनि सवारी साधनहरू पार्किङ निषेध गरेपछि हाल राजमार्ग खाली भएपनि फुटपाथ व्यवसायिहरूले कब्जा गरेको दखिएका छन ।
उपमहानगरले राजमार्गबाट पार्किङ हटाएपनि फुटपाथलाइ व्यवसायीहरूले अस्तब्यस्त बनाएको प्रति ध्यान नदिएको भन्दै नगरवासिहरूले गुनासो गरेका छन । स्थानिय पैदलयात्रिहरू हिडन राखिएको फुटपाथमा व्यवसायीहरूले निजि सवारी साधनहरू पाकिङ गरेपछि समस्या बनेको सामाजिक सञ्जालहरूमा गुनासो बढेको हो । मेयर हेमकर्ण पौडेलले पार्किङको बिकल्प तयार नगरी भावुकमा आएर निर्णय गरिदिदा परिणाम यस्तो देखिएको व्यवसायीहरूको भनाइ छ ।
जथाभावीको पार्किङले कुरूप देखिने शहर इटहरीमा नो पार्किङ पछि राजमार्ग फराकिलो देखिएका छन भने फुटपाथ अस्तब्यस्त देखिएको छ । फुटपाथलाइ व्यवसायहरूले कब्जा गरेपछि स्थानिय पैदलयात्रिहरू मार्कामा परेका छन । उपमहानगरले नो पार्किङको नीति ल्याउदा केहि व्यवसायीहरूले समर्थन गर्दा धेरैले बिरोध पनि गरेका छन । पार्किङको बिकल्प नै नखोजी यसरी नियम बनाउदा व्यवसायी मात्र नभइ व्यवसाय नै धरापमा परेको इटहरी धरान लाइनका व्यवसायीहरू बताउछन ।

यता मुख्य राजमार्ग क्षेत्रमा पार्किङ निषेध गरेको जानकारी भएर पनि भुल वस या अटेर गरी सवारी साधनहरू पार्किङ गरेको पाइएपछि एक साताको अन्तरमा एक दर्जन बढी सवारी साधनहरू ट्राफिक प्रहरीको कार्वाहिमा परेका छन । नियम उलंघन गरी मुख्य राजमार्मा पार्कि गर्नमा धेरै जसो मोटरसाइकल रहेका छन भने ३ वटा निजि सवारी रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
केहिलाइ जरिवाना तिराइएको छ भने केहिको ह्विल लक गरी सजाय दिइएको पनि ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । राजमार्गमा नो पार्किङ कार्यानवयन भएपछि ट्राफिक व्यवस्थापनमा समेत केहि राहत महसुस भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments