
इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण
- भाद्र २२, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडाबासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ ।वडा बासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोल टोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो ।
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला बासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायक पर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडाबासी उत्साहित बनेका छन । जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताए । यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन बस्नुपर्ने समस्या थियो । अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ । लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments