•  १० मंसिर २०८१, सोमबार
  •  4:44:02 PM

आफूलाइ माता हु भन्दै अरूलाइ बोक्सी आरोप लगाउने इटहरीकी लक्ष्मी पक्राउ

- भाद्र २१, २०७९ मा प्रकाशित



इटहरी । आफूलाइ माता ठानेर अरूलाइ बोक्सी आरोप लगाउने र नगद तथा रकम अशुल्ने एक महिलालाइ इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ निवासी लक्ष्मी राना मगरलाइ प्रहरीले पक्राउ गरेको हो ।

गाउघरका महिलाहरूलाइ बोक्सीको आरोप लगाउदै बोक्सी नझारे घरमुलीको मृत्यु हुन्छ भनी डर त्रास देखाउने गरेपछि स्थानियहरूले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार कुनै परिवारको सदस्य घर वाहिर निस्केको बेला निजको घरमा गइ बाहिरिएको सदस्य बोक्सि रहेको र अनिवार्य यसलाइ झार्नुपर्ने अन्यथा घरमुलीको मृत्यु हुने भन्दै डर ञास देखाउने गरेको उजुरी परेपछि ति महिलालाइ पक्राउ गरिएको हो ।

गाउका केहि स्थानियहरूबाट ति महिलाले नगद र सुनका गहनाहरू लिएको पनि खुल्न आएको छ । प्रहरीले खोज तलाश गर्ने क्रममा उनलाइ घर नजिकैको एक मन्दिरबाट नियन्त्रणमा लिइएको जनाइएको छ । पक्राउ परेकि लक्ष्मीलाइ जिल्ला अदालत सुनसरीबाट म्याद थप गराइ आवस्यकिय अनुशन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर