
पिकअपको ठक्करबाट सुनसरीमा मन्त्रीका पीएसओसहित दुई प्रहरीको मृत्यु
- भाद्र १९, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीमा सवारी दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरीका सहायक हवल्दार प्रकाश गोजेवारको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।
चौधरी श्रम मन्त्रालयमा पीएसओको रुपमा कार्यरत थिए भने गोजवार बीओपीमा कार्यरत थिए। उनीहरु के कामका लागि गएका थिए भन्ने बुझिरहेको एसपी ढकालले बताए।
पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पश्चितर्फ जाँदै गरेको पिकअप भ्यानले कोसी गाउँपालिका १ स्थित सडकखण्डमा ठक्कर दिँदै दुवै प्रहरी घाइते भएका थिए। उनीहरुलाई तत्काल न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारीका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments