
झापामा पहिलाे पटक धामी– झाँक्रीको राष्ट्रिय सम्मेलन : एक करोड ६० लाख रुपैयाँमा भवनसहित संग्राहलय र गुफा घरको गुरुयोजना
- भाद्र १९, २०७९ मा प्रकाशित
झापा । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले धामी झाँक्रीहरुमा वर्ग, लिङ्ग आदि कुनै पनि किसिमको विभेद नहुने बताएका छन् । उनले धामी झाँक्रीहरु समाजको अभिन्न अंग भएकोे भन्दै उनीहरुलाई हेयको दृष्टिले हेर्न नहुने धारणा राखे ।
नेपाल राष्ट्रिय धामी वैद्य संघद्वारा शनिबार झापाको बिर्तामोडमा आयोजित राष्ट्रिय धामी झाँक्री सम्मेलन तथा ‘नेपाली धामी झाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति’ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डा. गुरुङले अमूर्त सांस्कृतिक सम्पदाको रुपमा रहेको धामी झाँक्रीहरुलाई लक्षित गरी आयोजना गरिने यस किसिमको कार्यक्रमले विश्वमा धामी झाँक्रीहरुको संस्कार बारे सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने दावी गरे ।
यस किसिमको कार्यक्रमबाट धामी झाँक्रीहरुले गर्ने संस्कारको पनि नवीकरण हुनेछ– उनले भने ।सोही कार्यक्रममा नेपाली धामी झाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति विषयक पुस्तक पनि लोकार्पण गरिएको थियो ।नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ शुभकामना मन्तब्य राख्दै । झाँक्रीविद् एवम् पुस्तकका परिकल्पनाकार भोलानाथ बाँस्तोलाको अनुसन्धान, निर्देशन र प्रकाशनमा प्रकाशित पुस्तकमा २० जना धामी झाँक्रीको अनुभव समेटिएको छ । सन्दीप सापकोटाको सम्पादनमा तयार भएको पुस्तकमा समेटिएको धामी झाँक्रीहरुको अन्तरवार्ता संघका सचिव रोशन भेटवालले गरेको बताइएको छ ।
त्यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृतिविद् डा.भक्त राईले धामी झाँक्री परम्परा र विज्ञान, नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रविद् डा. माधवप्रसाद लामिछानेले धामी झाँक्री परम्परासँग वैदिक र तान्त्रिक सिद्धान्तको अन्तरसम्बन्ध, पुस्तकका सम्पादक सापकोटाले बली परम्परा, पञ्चतत्व, पाञ्चायन देवता र तन्त्र र झाँक्रीविद् बाँस्तोलाले लोकसंस्कृति र परम्परामा झाँक्रीको स्थान साथै धामी झाँक्रीले चलाउने सामग्रीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा अनुमानित एक करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने संघको भवनसहित संग्राहलय र गुफा घरको गुरुयोजना सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा गुरुहरु डिल्लीराम आचार्य, छविलाल रसाइली, डिल्लीराम बाँस्कोटा, खडानन्द अधिकारी, गोगलाल राजवंशी, दलबहादुर लक्सम, बाबुलाल दनुवार, मिनकुमार दनुवारबाट झाँकी, मुकुट प्रदर्शन गरिएको थियो ।संघका संरक्षक एवम् जग्गादाता प्रदीपकुमार पुरीले स्वागत गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, धर्मगुरु किशोर गौतमलगायतले मन्तव्य राखेका थिए ।
कनकाई नगरपालिकास्थित पवित्र कनकाई नदीमा सामुहिक स्नान गरी शुरु भएको उक्त कार्यक्रम दोख–दोखाले र ग्रह दशा मन्साउने कार्यक्रमसहित सम्पन्न भएको संघका सचिव भेटवालले जानकारी दिए ।संघका अध्यक्ष सीताराम पुरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन पुस्तकका सम्पादक सापकोटाले गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments