
विमानस्थलको भीआईपी कक्षबाट फरार सुनसरीका आलम मेरियट होटलबाट पक्राउ
- भाद्र १८, २०७९ मा प्रकाशित
काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलको भीआईपी कक्षबाट फरार भएका अभियुक्त पक्राउ परेका छन्। ठगी आरोपमा प्रहरीको फरार सूचीमा रहेका सुनसरीका रिजवान आलम शुक्रबार बिहान नेपाल आएका थिए।तर उनलाई मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विमानस्थल भीआईपी कक्षको प्रयोग र आफ्नै गाडी दिएर भगाएका थिए।
बिहान बिमानस्थलबाट प्रहरीले पक्राउ गर्ने तयारी गर्दा गर्दै भागेका आलमलाई शुक्रबार राति नै मेरियट होटलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
दुबईबाट आएका आलम पासपोर्ट समेत विमानस्थलमै छाडेर फरार भएका थिए। उनीविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सोही कसुरमा पक्राउ पुर्जी पनि जारी गरेको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments