
उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या : खाेला किनारमा भेटियाे शव 
- भाद्र १८, २०७९ मा प्रकाशित
इटहरी । उदयपुरको बेलका नगरपालिका ७ स्थित वादिङ खोलामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।स्थानीय ४० राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सिरता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको विभत्स हत्या भएको हो । शुक्रबार अपरान्ह स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तीनै जनाको शव खोलामा धारिलो हतियार प्रहार भएको अवस्थामा भेटिएको थियो । उनीहरुको हत्या आफन्त नै रहेका नरवहादुर बस्नेतले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलका अनुसार घटनास्थल उदयपुर र भोजपुरको सिमानामा पर्ने विकट क्षेत्र हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानको लागि गएको भएपनि अझै पुगिनसकेको उनले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments