
प्रदेश सभाकालागि कांग्रेसद्वारा सुनसरी २ (क) बाट भिम पाैडेल सहित तिन जनाकाे नाम सिफारिस
- भाद्र १६, २०७९ मा प्रकाशित
इटहरी । सरकारले आगामी मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेसंगै नेपाली कांग्रेस सुनसरीले पनि क्षेत्र नं २ क बाट प्रदेश सभाकालागि प्रत्यक्ष तर्फ तिन जनाकाे नाम सिफारिस गरेकाे छ ।
प्रदेशसभाकालागि प्रत्यक्ष तर्फ इटहरीका ब्यवसायी एवम उद्याेग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी भीम पाैडेल , महाधिवेशन प्रतिनिधी तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष विकाश केशी , र बद्रीनारायण चौधरीकाे नाम सिफारिस गरिएकाे हाे । चाैधरी ०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं। २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए हाल महाधिवेशन प्रतिनिधि पनि रहेका छन ।
नेपाली कांग्रेस सुनसरीको बुधबार बसेको बैठकले प्रत्यक्ष तर्फ ३ जना र समानुपातिक तर्फ केहि नामहरू सिफारिस गरेकाे हाे । प्रदेशसभा अन्तरगत समानुपातिक तर्फ गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस गरिएकाे छ ।
त्यस्तै बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ तिन जनाकाे नाम सिफारिस गरेकाे छ । जसमा राजीव ढुंगाना, राजीव कोइराला र सीताराम मेहता रहेका छन् । ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् । यस्तै, कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् भने मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री हुन् । समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments