
बिराटनगरमा पार्किङबाट चाेरी भएकाे सुमाे ५ मिनेटमै दुर्घटना : अत्तालिएर भाग्दा स्कुल वस संग ठाेकियाे
- भाद्र १६, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटनामा परेको छ ।विराटनगर-३ भट्टा चोकबाट चोरले लिएर भाग्दै गरेको टाटा सुमो भ्यान विराटनगर-२ तीनपैनी चोकबाट एक सय मिटर दक्षिण कलेज बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज राजकुमार कार्कीले जानकारी दिए ।
‘भर्खरै चतराबाट आएको थिए, गाडी धोइपखाली घरभित्र छिरेर कपडा फेर्न नपाउँदै चोरी भयो,’ घटनास्थलमा भेटिएका अधिकारीले भने,‘ गाडी यहाँ ल्याएर दुर्घटना गराएछ ।’प्रहरीका अनुसार को १ च ९४६७ नम्बरको सुमो मेरिल्याण्ड कलेजको नयाँ बसमा ठोक्किएको हो ।ट्राफिक प्रहरी कार्कीका अनुसार दुर्घटना हुँदा दुवै सवारीमा सामान्य क्षति भएको छ भने सुमो लिएर भाग्ने व्यक्ति पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चोरी गरी भाग्दै गरेका अशोक चौधरी रहेका छन् । पक्राउ पर्दा चालक हाफपाइन्ट मात्रै लगाएको अर्धनग्न अवस्था र नसामा रहेको प्रहरीले बताएको छ ।टाटा सुमो विराटनगर-३ भट्ट चोकका चन्द्र अधिकारीले सञ्चालन गर्छन् । उनले दिउँसो घर अगाडि पार्किङ गरे लगतै चोरी भएको थियो ।
प्रहरी समक्ष गाडीमै चाबी देखेपछि लिएर हिडेको बताएका उनले आफ्नो नाम पनि फेरिरहेका छन् ।प्रहरीका अनुसार चौधरी पटके चोर हुन् । यसअघि पनि प्रहरीले चोरीको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरी कारवाही गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments