
एकपछि अर्काे गल्ती गर्दै हर्क साम्पाङ : फेशबुकमा गाली गर्नेलाइ पाता फर्काएर जेल हाल्ने धम्की
- भाद्र १६, २०७९ मा प्रकाशित
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन्।उनले मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिँदै देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्।
विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काठमाडौंको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्कविरुद्ध सामाजिक सञ्जालमा गालि गलौज बढ्न थालेको छ। त्यसप्रति टिप्पणी गर्दै साम्पाङले यस्तो चेतावनी दिएका हुन्।
‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले अघि भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु!’

मेयर साम्पाङ सामाजिक सञ्जालमा सक्रिय छन्।दैनिक आफ्ना गतिविधि सामाजिक सञ्जालबाट दिइरहेका साम्पाङले यसअघि काठमाडौं आउँदा फोहोर नउठेको विषयमा ब्यंग्य गरिरहेका हुन्छन्। आफैंले काठमाडौंको कुहिएर गन्हाएको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनेपछि फेसबुक वार सुरु भएको उनले बताएका छन्।
‘मैले काठमाडौंको कुहिएर गन्हाइराको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनें,’ उनले प्रष्टिकरण दिँदै भनेका छन्, ‘सुनको थुप्रो भनिँन त्यसैले शुरु भयो फेस्बुकवार’ सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्ततः जीत सत्यकै हुन्छ!’
साम्पाण्ले तर्क सहितको विरोध र बसहलाई धन्यवाद दिँदै आएको तर तल्लो स्तरको शब्द प्रयोग गरे गालि गर्ने छुट कसैलाई नभएको बताउँदै ‘पत्ता लगाएर जेल हाल्न नपरोस्’ भन्दै चेतावनी समेत दिएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments