
धरानमा घाटी काटिएकाे अवस्थामा ज्वाइकाे शव फेला , सासुकाे टाउकाे चाेट
- भाद्र ११, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–८ मा घाँटी काटिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । घाँटीको अगाडिको भाग खुकुरीले काटिएको अवस्थामा धरान–१३ का ४१ वर्षीय रामबहादुर रम्तेलको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटना बिहीबार साँझ ५ः३० बजेतिरको छ ।
मृत फेला परेका रम्तेलकी सासू ७१ वर्षीया नरमाया भुजेल टाउकोमा खुकुरीले काटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर घाइते नरमायालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइएको छ । डिएसपी श्रेष्ठका अनुसार सासूलाई खुकुरीले प्रहार गरेपछि रम्तेल आफूले घाँटी काटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘घरको बरन्डाको कोठामा घाँटी काटिएको अवस्थामा ज्वाईंको शव फेला परेको थियो ।
त्यही कोठामा टाउको काटिएको र देब्रेतर्फको भागमा गहिरो चोट लागेको गम्भीर घाइते अवस्थामा सासू भेटिएकी हुन्,’ उनले भने, ‘प्रहरी पुग्दा कोठा रगतले लतपतिएको अवस्थामा थियो । पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।’ नरमायाकी छोरी भने वैदेशिक रोजगारीमा गएको पाइएको उनको भनाइ छ । घटनास्थलबाट प्रहरीले एउटा खुकुरी तथा रगत लतपतिएका कपडा बरामद गरेको छ । डिएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments