
भोजपुरमा सासूलाई खुकुरीले हानेर ज्वाइँले गरे आत्महत्या
- भाद्र १०, २०७९ मा प्रकाशित
भोजपुर । भोजपुरमा एक व्यक्तिले सासूलाई खुकुरी हानेपश्चात् आत्महत्या गरेका छन्। प्रहरीका अनुसार भोजपुरको सानोदुम्बा–५ घर भई धरान–१३ बस्ने ४१ वर्षीय रामबहादुर रम्तेलले सासूलाई खुकुरी हानेपछि त्यही खुकुरीले आफ्नो घाँटी काटेका हुन्।
बिहीबार बेलुका रम्तेलले ७१ वर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको र त्यसपछि आफैंले आफ्नो घाँटीमा खुकुरी हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
खबर पाउनासाथ इलाका प्रहरी कार्यालय (धरान) बाट गएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments