
ब्राउन सुगरको धन्दामा संलग्न तीन जना झापाबाट पक्राउ
- भाद्र ८, २०७९ मा प्रकाशित
झापा । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को धन्दामा संलग्न तीन जनालाई प्रहरीले झापाबाट मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् ।
हल्दिबारी गाउँपालिका–४ का ३५ वर्षीय जेमिल महमद, बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय अर्जुन राजवंशी र भारत बिहारको किसनगन्जका २८ वर्षीय जम्सेद आलमलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । सुरुमा जेमिल पक्राउ परेका हुन् । उनको साथबाट सात ग्राम ९२ मिलिग्राम ब्राउन सगुर बरामद भएको पाठकको भनाइ छ ।
उनका अनुसार नियन्त्रणमा लिएर सोधपुछ गर्दा ब्राउन सुगरको धन्दामा अर्जुन र जम्सेदको पनि संलग्नता देखिएको हो । दुवै जनालाई हल्दिबारी–४ बाट नगद ७९ हजार रूपैयाँ र मे ६ प ५६१९ नम्बरको स्कुटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।तीनै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments