
झापामा २४ जनाले दिए मिटरव्याजीविरुद्ध उजुरी
- भाद्र ८, २०७९ मा प्रकाशित
झापा । झापामा पनि मिटरव्याजीबाट जिल्लावासी पीडित रहेका छन् । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले उजुरीका लागि सूचना आव्हान गरेसँगै मिटरव्याजीबाट पीडित बनेका २४ जनाले उजुरी दिएका छन ।
जिल्ला प्रशासन कार्यालय भद्रपुरमा १६ र इलाका प्रशासन कार्यालय दमकमा ८ जना गरी २४ जनाले उजुरी दर्ता गराएको प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए । प्रहरी कार्यालय झापामा भने कुनै पनि उजुरी नपरेको उनले बताए ।
‘उजुरी दर्ता गराउनेहरू ५ देखि २५ लाखसम्म मिटरव्याजीबाट पीडित देखिएको छ,’ उनले भने, ‘अहिले दर्ता हुने काम भएको छ, अब आवश्यक कानुनी प्रक्रिया अघि बढाउँछौँ ।’प्रशासन कार्यालय झापाले मिटरव्याजीको धन्दा गर्नेहरूबाट पीडितलाई भदौ ६ गतेसम्म उजुरीका लागि सूचना जारी गरेको थियो । पीडितलाई मिटरव्याजीले गरेको अपराध र शोषण बारे खुलाएर उजुरी दिन भनेको थियो ।
यता सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्र प्रसाद न्यौपानेले जिल्लामा अनौपचारिक रुपमा भएको कारोबारमा धेरै समस्या रहेको जानकारी दिए । ‘विश्वासले गरेका कारोबारपछि विश्वास टुट्दा समस्या बढेर गएको देखिन्छ,’ उनले भने । उजुरी दिएकामध्ये कतिपयले प्रमाण पेस नगरेको उनको भनाई छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments