
इटहरीमा एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर हुदै : एक हजार बिद्यार्थीहरू लाभान्वित हुने
- भाद्र ६, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा आगामी भदौ ८ गते एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२ हुने भएको छ । इटहरीस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा एक दिने एजुकेशन फेयर हुने भएको हो । उच्च शिक्षा अध्यनकालागि अष्ट्रेलीया , क्यानाडा , अमेरीका लगायतका देशहरूमा जान चाहने बिद्यार्थीहरूलाइ लक्षित गर्दै सो फेयर आयोजना गरिएको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
इटहरी उपमहानगर क्षेत्रमा रहेका बिद्यार्थीहरूलाइ अस्ट्रेलीय लगयातका बिश्वबिद्यालयहरूमा अध्यन गर्न जादा ध्यानदिनुपर्ने कुराहरूबारे जानकारी गराउने उद्येश्यले एक दिने एजुकेशन फेयर गर्न लागिएको आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज इटहरीका प्रवन्ध निर्देशक भव तिम्सिनाले बताए ।
उक्त एजुकेशन फेयरबाट इटहरी क्षेत्रमा रहेका करीब २ हजार बढी बिद्यार्थीहरू लाभान्वित हुने जनाइएको छ , फेयरमा सहभागी बिद्यार्थीहरूले अस्ट्रेलीया , क्यानाडा , अमेरीका लगायतका विश्वविद्यालयबाट आएका प्रतिनिधीहरूसंग प्रत्यक्ष कुराकानी गर्न पाउने आयोजकले जनाएको छ । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलेयो वर्ष पनि एजुकेशन फेयर गर्ने भएको हो ।
नेपालका बिभिन्न शाखाहरु मध्येको एक इटहरी शाखाले बिगत १ दशक देखी यस क्षेत्रमा आफ्नो सेवा पु¥याइ पुर्व क्षेत्रका बिभिन्न स्थानहरुका विद्यार्थीहरुलाई अष्ट्र्लिया, बेलायत, क्यानडा तथा अमेरिकामा आफ्नो शैक्षिक उन्नयनकालागि सहजिकरण गदै आएको छ । त्यस्तै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका इटहरी , बिराटनगर र सिडनी शाखाका प्रमुख भुवन पाण्डेले पछिल्लो समय उच्च शिक्षा हाशिल गर्नको निमित्त नेपाली बिद्यार्थीहरूको रोजाइमा अस्ट्रेलीया , क्यानाडा र अमेरीका स्थित विश्वविद्यालयहरू रोजाइमा परिरहेको बताउदै केहि कन्सलटेन्सीका कारण ठगीमा परेको सुनाए । उनले एक्सपर्ट एजुकेशनबाट हाल सम्म १ लाख बिद्यार्थीहरू अस्ट्रेलीया लगायतका देशहरूमा शिक्षा संगै रोजगार पाएर आफ्नो भविस्य बनाइसकेको समेत उल्लेख गरे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments