
बिराटनगर रथ यात्रामा जे देखियाे : महिलाकाे संवेदनशिल अंग छुने देखि चाेरी गर्ने गिराेह सम्म सकृिय
- भाद्र ५, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा सिक्री, मोबाइलसमेतका वस्तु चोरी गर्ने र शङ्कास्पद गतिविधि देखाउने ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक भीडभाडको मौका छोपेर रथयात्रामा चोरी, झैझगडा, हुलहुज्जत, मापसे (मादक पदार्थ सेवन), अवाञ्छित र शङ्कास्पद गतिविधि गर्नेहरुलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु सबै पुरुष हुन् । अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका छन् ।
पक्राउ परेकामध्ये केहीको साथबाट चोरिएका सुनका सिक्री र मोबाइलसमेत फेला परेको एसपी कोइरालाले बताए । रथयात्राका क्रममा सिक्री चोरी भएको भनेर चारवटा उजुरी जिल्ला प्रहरी कार्यालय मोरङमा परेको छ । यो समाचार तयार पार्दासम्म सातवटा मोबाइल चोरी भएको उजुरी पनि परेको छ । सामान चोरी हुनेको सङ्ख्या बढ्नसक्ने प्रहरीको अनुमान छ । पक्राउ गरिएकाहरुमाथि अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए । ‘
कुनै पनि घटना हुन नदिन रथयात्राको सुरक्षा व्यवस्था कडा पारिएको थियो,’ उनले भने, ‘त्यही क्रममा गरगहना चोरी र शङ्कास्पद गतिविधि गर्नेहरुलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको हो ।’ विराटनगरमा शनिबार ५४ औँ संस्करणको राधाकृष्ण रथयात्रा सम्पन्न भएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजेतिर निकालिएको भव्य रथयात्रा राति ८ः३० बजेतिर समापन गरिएको थियो ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने चलन छ । रथयात्रामा सहभागी हुन नेपालसहित भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आएका थिए । रथयात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments