
रक्सी पिएर नाचेपछि फिनल्याण्डकी प्रधानमन्त्री विवादमा, लागुऔषध लिएको विपक्षीको आरोप
- भाद्र ३, २०७९ मा प्रकाशित
फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन गरेको आरोप लागेको हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो भिडियोलाई लिएर फिनल्याण्डमा विवाद सुरु भएको छ ।विपक्षी नेताहरूले प्रधानमन्त्री सान्ना मारिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाउँदै परीक्षणको माग गरेका छन् ।
तर, मरीनले पार्टीमा मदिरा मात्र पिएको स्पष्ट पारेकी छिन् ।साना मरीनले लागुऔषध सेवन गरेको कुरा अफवाह भएको बताइन् । उनले आफू परीक्षणका लागि तयार भएको प्रतिक्रिया पनि दिएकी छिन् । ‘म मेरा साथीहरूसँग थिएँ। हाम्रो पार्टी थियो,’ उनले भनिन्, ‘मैले नाचगान गरे पनि ड्रग्स कहिल्यै लिएको छैन। मसँग लुकाउन केही छैन। यो एक निजी भिडियो थियो। यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।’
आफ्नो भिडियो सार्वजनिक भएकोमा साना मरीन दुःख व्यक्त गरेकी छिन् । पहिलोपटक इन्स्टाग्राममा पोस्ट गरिएको उक्त भिडियोमा मानिसहरूले तीब्र प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई सामान्य भनेका छन् भने कतिपयले साना मरीन फिनल्याण्डको प्रधानमन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन् ।
एक प्रयोगकर्ताले भिडियोमा मरीनको समर्थनमा लेखेका छन्, ‘काम गरेपछि उनले पार्टी गर्न किन सक्दिनन् ? के तिनीहरू मानव होइनन् ?’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘प्रधानमन्त्रीको यस्तो व्यवहार स्वीकार्य छ ? मलाई लाग्छ- छैन ।’
यसअघि सन् २०२१ मा कोभिड महाव्याधिको बेला पार्टी गरिरहेको तस्बिर भाइरल भए पछि उनी विवादमा तानिएकी थिइन् । उक्त घटनामा मरीनले माफी समेत मागेकी थिइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments