इटहरीमा कल्याण फाउन्डेसनकाे चित्रकला प्रतियाेगिता : ज्ञानदर्पण ऐकेडेमी तरहराकी ममारुन राइ प्रथम
- श्रावण २८, २०७९ मा प्रकाशित
इटहरी । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको एकिकृत कल्याण फाउन्डेसन नेपालले चित्रकला प्रतियोगिताको आयोजना गरेको छ ।शनिवार सुनसरीको इटहरी स्थित सुष्मा गोदावरी कलेजमा प्रतीयोगीताको आयोजना गरीएको हो ।
पठनपाठनमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले विद्यालय स्तरिय चित्रकला प्रतियोगिता आयोजना गरीएको संस्थाका कोषाध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।
उक्त प्रतियोगीतामा ज्ञानदर्पण ऐकेडेमी तरहराकी ममारुन राइ प्रथम भएकी थिइन भने लिटिल फ्लावर बोर्डीङ स्कुलकी बिपना कार्कीले द्धितीय स्थान हासील पार्न सफल भएकी थिइन ।
यस्तै तृतीय हुनेमा पुर्वाञ्चल मा.बी की नीरुता राइ रहेकी थिइन भने सान्त्वना हुनेमा बेबिलोन मा बि का मिलन कार्की र सुष्मा मा.बि.का सुर्य पन्त रहेका थिए ।
एकिकृत कल्याण फाउन्डेसन नेपालका अध्यक्ष श्याम घिमिरेको अध्यक्षता साथै प्याब्सन इटहरीका उपाध्यक्ष सुर्यमणी निरौलाको प्रमुख आतीत्यतामा आयोजीत कार्यक्रममा सुनसरी जील्लाका विभीन्न २० विद्यालयका ३८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सो कार्यक्रममा यसोदा सिंह लम्साल निर्णयकको रुपमा रहेकी थिइन ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
Comments