
प्रहरीलाइ छक्काएर कोभिड अस्पतालबाट फरार भएका अभियुक्त दुईदिनपछि पक्राउ
- श्रावण २८, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका अभियुक्तलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ। फरार भएको दुइदिनपछि विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त दास बुधबार राति १० बजेतिर अस्पतालबाटै फरार बनेका थिए। फरार बनेका दासलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। विराटनगर(१४ कटुप्पामा लुकिछिपी बसेको अवस्थामा दिउँसो १स्१५ बजेतिर उनी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
लेनदेन मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो । सजाय भुक्तान नगरिकन तीन वर्षदेखि फरार रहेका उनलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो । पक्राउ गरेर अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएसँगै उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा अस्पतालबाटै फरार बनेका थिए। शौचालय जाने भनेर हत्कडी खोल्न लागाउँदै फरार बनेका दासलाई पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार अब दासलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गर्न प्रक्रिया अघि बढाइने छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments