
१० वर्ष पछि भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना
- श्रावण २८, २०७९ मा प्रकाशित
इटहरी । पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो।
२०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो।
प्रदेश सरकार तथा स्थानीय बासिन्दाको लागत सहभागितामा तीन करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। स्थानीय सिरिसे, सौरे र सौरे खोलाबाट लिफ्ट गरी करिब डेढ किलोमिटरमाथि भेडेटारमा खानेपानी ल्याइएको हो।
लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक एक लाख लिटरका तिन वटा ट्याङ्कीमा जम्मा गरी अन्य ५० हजार लिटरका दुई र १२ हजार लिटरका तीन वटा ट्याङ्कीमार्फत वितरण गर्ने गरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए। अब आयोजनाको सुरक्षाको जिम्मा स्थानीयको भएको उनले जनाए।
आयोजना सम्पन्न नहुँदा भेडेटारमा दैनिक आउने दुई हजार पर्यटकलाई पाल्ने होटेलमा हुने गरेको खानेपानी समस्या हटेर जाने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। यस्तै आयोजनामार्फत साँगुरीगढी गाउँपालिका ६ भेडेटारका १ ४७ घरधुरीले लाभान्वित हुने भएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments