
दिक्तेल-रुपाकोट-मझुवागढी सडक हप्ता दिनभित्र स्तरोन्नति नगरे ठेकेदारलाई कारवाही
- श्रावण २७, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
नगरपालिकाले हुर्लुङ-जालपा-ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक-लफ्याङ सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचुरबगाले थापारविएनटि जेभी र दिक्तेलको हाटडाँडा-लफ्याङ-अल्छेढुंगा-दोर्पा दुम्ली-आयुर्वेद भवन सडक स्तरोन्नतीको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चावहिललाई कारबाही गर्ने चेतावनी दिएको हो ।
मेयर तीर्थराज भट्टराईले तीन निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गरी यथाशिघ्र काम सम्पन्न गर्न अन्यथा सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतका निकाय समक्ष कानून बमोजिमको कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिएका छन् ।
तीन वटै सडक सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आव्हान भइ ठेक्का लागेको हो । तर सडक स्तरोन्नतीको काम अलपत्र हुँदा यातायात सेवा अवरुद्ध भएको, हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको छ । वर्षा सुरु भए सँगै तीन वटै सडक ठप्प प्रायः छ ।
ठेक्का लागेको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीबाट व्यापक जनगुनासो आएकाले ठेकेदारबिरुद्ध ‘एक्सन’ मा उत्रिनु परेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पूर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको वोधार्थ पठाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments