
काेशीबाट बिस्थापित बनेकाहरूकाे राेदन : पहाडमा बादरले दु:ख दियाे तराइमा पानीले लखेट्याे , अब हामी कहा जाने ?
- श्रावण २७, २०७९ मा प्रकाशित
बेलका (उदयपुर) । एकपछि अर्को संकटले पछ्याउँदा मान्छे कति विरक्तिएला ? कोशीको भंगालो गाउँ पसेर विस्थापनमा परेका पीडितहरु यही नियतिसँग जुधिरहेका छन् ।
खोटाङको जन्तेढुंगा गाउँपालिका– ५ का चन्द्र राई बाँदरले उठिबास लगाएपछि श्रीमती र तीन साना छोरा–छोरी लिएर दुई वर्षअघि मधेश झरे । पहाडको थोरै जमिनको उब्जनीले तीन महिना पनि खान पुग्दैन थियो । त्यसमाथि बाँदरले दुःख दिएपछि गुजाराका लागि उनी उदयपुरको बेलका नगरपालिका ३ को एबीसी टोल (कोसी कटान क्षेत्र) आए ।
आफन्तको साथ लागेर आएका उनी अरुको खेती गरेर गुजारा गर्दै थिए । तर साउन १८ गते बिहान कोसी नदी बस्तीमा पसेपछि उनी विस्थापित भए । बेलका नगरपालिकाले निर्माण गरेको खसी बाख्रा संकलन केन्द्रमा अहिले बसिरहेका उनी भन्छन्,‘पहाडमा बाँदरले बस्न दिएन्, यहाँ बाढीले दिएन ।’
बाढीले बिस्थापित भएका ८ वर्षमुनिका तीन सन्तान र श्रीमतीसहित बसेका उनी घर फर्कन पाउने हो कि होइन भन्ने तनावमा छन् । ऐलानी जग्गामा बसेका कारण लेखेटिने चिन्ता उनीसहित आश्रयस्थलमा बसेका अन्य बाढी पीडितलाई पनि छ । ताप्ली गाउँपालिकाबाट १० वर्षअघि आएका विष्णुबहादुर पुलामी मगरको पीडा पनि उस्तै छ । गाउँमा पहिरो र बाँदरले दुःख दिएपछि मधेश झरेको उनी बताउँछन् । ‘पहाडमा पहिरोले दुःख दियो, बाँदरले मकै कोदो रोपेको सबै खान्थ्यो,’ मगरले भने,‘बाँदर र पहिरोले दुःख दिएपछि यहाँ आएर बस्यौं, यहाँ पनि कोसी पस्यो ।’
पहाडबाट मधेश झर्दा उनले बेलकामा नै दुई बिघा जग्गा किनेका थिए । ऐलानी जग्गा खरिद गरेर बसेका उनले पछिल्लो समय बसोबासको निस्सा पनि पाएका छन् । तर घरमा कोसीको पानी पसेका कारण फर्कन नपाउने हो कि भन्ने चिन्ता पनि छन् । ‘पहिले पनि कोसी हिँडेको ठाउँ हो, पछि आउँछ भन्थे,’ उनले भने,‘हाम्रो गाउँ भन्दा तीन घण्टा माथि फुटेर कोसी पस्यो ।’ बाढी आएपछि गाईवस्तु सबै लिएर आएको उनले बताए । ‘गाईवस्तु सबै लिएर माथि आएका छौं,’ मगरले भने, ‘मान्छेलाई यहाँ राखेको छ, वस्तुहरु अलिक पर छन्, हामी पालो गरेर हेर्छाैं ।’
दलबहादुर मगरको दुःख पनि उस्तै छ । दलबहादुर र विष्णुबहादुर एउटै गाउँका हुन् । बाँदरले दुःख दिएपछि दलबहादुर १२ वर्षअघि बेलका आएका थिए । छिमेकी आएको केही वर्षपछि विष्णुबहादुर पनि आए । बेलका नगरपालिका ३ की अमृता राई पनि बिस्थापित भएर बसेकी छन् । उनको घर डुबेको छैन, खेतबारी बाढी पसेको छ । फेरि कोसी पस्ने डर भएका कारण उनी घर फर्कन सकेकी छैनन् ।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार चार सय जना बाढी प्रभावितलाई सुरक्षित स्थानमा राखिएको छ । बाढी प्रभावित १०९ परिवारलाई चार स्थानमा राखिएको उनले बताए । बेलका नगरपालिका– ३ को कोसी जनता माध्यमिक विद्यालयमा ५४, श्री आधारभूत विद्यालय १८, पालिकाको खसी बाख्रा संकलन केन्द्रमा २६ र वडा नम्बर २ मा रहेको रेडक्रस भवनमा ११ परिवारलाई राखिएको छ ।
बाढी प्रभावितको खानपानका लागि पालिकाले मेस सञ्चालन गरिरहेको उनले बताए । ‘प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ, हामीसँग पनि सामाग्री छन्,’ उनले भने,‘प्रभावितहरुलाई मेसमा खाना खुवाइरहेका छौं ।’ बाढीको जोखिम कायम नै रहेका कारण अहिले नै प्रभावितहरु प्mर्कन सक्ने अवस्था नरहेको बताए ।
चतरा पुलदेखि करिब दुई किलोमिटर दक्षिणबाट सप्तकोसी नदीले गत वर्ष नै वहाव परिवर्तन गर्ने संकेत दिएको थियो । सरकारले तटबन्ध गर्न चासो नदिएपछि साउन १८ गते बिहान बेलका नगरपालिका–८ डुम्रीबोटबाट बाढी पसेको थियो । कोसीमा पानीको बहाब घटेपनि कटान क्षेत्रको भंगालो रोकिएको छैन । ठूलो वर्षा भए कोसीको मुल भंगालो नै पश्चिमतर्फ जाने खतरा रहेको मेयर कार्कीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments