
झापाकाे गौरीगञ्ज नाकाबाट कपाल तस्करी : ३३ पोकासहित ट्रान्सपोटको कन्टेनर नियन्त्रणमा
- श्रावण २७, २०७९ मा प्रकाशित
झापाको गौरीगञ्ज नाकाबाट कपाल तस्करी हुने गरेकाे रहस्य खुलेकाे छ । महिलाले लगाउने नक्कली कपाल नाकाबाट ठूलो परिमाणमा नेपाल भित्रिने गरेको खुलेको हाे । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले ३३ पोका नक्कली कपालसहित कन्टेनर नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
सशस्त्रले झापामै पहिलो पटक कपाल बरामद गरेको हो । सशस्त्र प्रहरीले बुधवार बेलुका करिब ८ बजे गौरीगञ्ज–पाडाजुंगी सडक खण्डअन्तरगत गौरादह– ७ स्थित गुवालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शंका लागि चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा प्रवक्ता प्रेम भण्डारीले जानकारी दिए ।
नीलकण्ठ ढुवानी सेवाबाट सञ्चालित कन्टेनर गौरीगञ्जबाट दमक हुँदै काठमाडौँ तर्फ जान लागेको थियो । तर, सोही कन्टेनर बिर्तामोडबाट ट्रान्सपोटको अन्य सरसामान बोकेर काठमाडौँको लागि हिँडेको बुझिएको छ । बिर्तामोडबाट हिँडेको कन्टेनर गौरीगञ्ज पुगेर अवैध कपाल पनि लोड गरी लैजान खोजेको अवस्थामा सशस्त्रले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
एउटा पोकामा ३० केजी कपाल रहेको छ। एक केजी कपालको भारतीय २ हजार ५ सय रुपैयाँ पर्छ । ९९० केजी कपालको नेपाली बजार मुल्य करिब ३९ लाख ६० लाख रुपैयाँ पर्छ । कन्टेनरमा ट्रान्सपोटको अन्य सरसामानको बिजबिजक थियो । काठको सामान, कपि किताब र कपडा गरी २९ लाख ८८ हजार ३०२ रुपैयाँ बराबरको सामानको बिजबिजक चालकसँग रहेको डीएसपी भण्डारीले बताए ।
नियन्त्रणमा लिएको कन्टेनरलाई बुधबार बेलुका सशस्त्र बेस क्याम्प बैगुनधुरामा राखिएको थियो । कन्टेनर, चालक र कन्टेनरभित्र रहेका अन्य सरसामानलाई ९४ लाख ४८ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउन पठाइसकेको डीएसपी भण्डारीले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments