
सुनसरीको श्रीलंका टापुबाट ६३ किलाे जंगली जनावरकाे मासु सहित ८ जना पक्राउ
- श्रावण २५, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीकाे श्रीलंकाटापुबाट नेपाली सेनाकाे गस्ती टाेलीले चित्तलकाे मासु सहित आठ जनालाई पक्राउ गरेकाे छ । बुधबार काेशिटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले श्रीलंकाकाे भागलपुरबाट एक जनालाइ चित्तलकाे मासु सहित पक्राउ गरेकाे थियाे ।
पक्राउ परेका उनीमाथी साेधपुछ गर्दा अन्यकाे पनि संलग्नता रहेकाे खुलेकाे थियाे । सुचना पाए लगत्तै सेना सहितकाे संयुक्त टाेलीले स्थानीयकाे घरघरमा पुगेर बाकि ७ जनालाइ नियन्त्रणमा लिएकाे थियाे ।
पक्राउ परेका ७ जनाकाे साथबाट ६३ किलो जंगली जनावरको मासु, दुई वटा भरूवा बन्दुक नाल, एक प्याकेट टिका बारूद प्याकेट, एउटा खुँडा, चार वटा खुकुरी पनि बरामद गरेको छ । पक्राउ परेका ८ जनाकाे नाम भने सेनाले गाेप्य राखेकाे छ । उनीहरूमाथि थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाएको जंगी अड्डाले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments