
विपतपछि बिस्थापितहरूकाे लागि आश्रयस्थल बन्याे श्रीलंका टापु
- श्रावण २४, २०७९ मा प्रकाशित
इटहरी । सप्तकोसी नदीले धार परिवर्तन गरेपछि बनेको श्रीलङ्का टापु अहिले गरिब एवं विपन्न परिवारका लागि आश्रयस्थल बनेको छ । विसं २०४५ अघि सप्तकोसी अहिले भनिएको श्रीलङ्का टापु क्षेत्रबाट बग्ने गरेको थियो ।
सिरानतर्फ बेलका नगरपालिकाको डुम्रीबोटे लाहुरीखोँच हुँदै दक्षिणतर्फ बग्ने सप्तकोसी अहिले आएर फेरि पुरानै धार डुम्रीबोटे कटान गरी पुरानै धारतर्फ केही पानी बग्न थालेको छ । बाह्र वर्षमा खोला फर्किन्छ भत्रे उदाहरणलाई सप्तकोसी नदीले ३४ वर्षपछि प्रमाणित गरेको बेलका नगरपालिका-२ भागलपुर निवासी खड्गबहादुर श्रेष्ठले बताए । कोसी नदीको पानीले अहिले बेलका नगरपालिका-१, २, ३, ८ र ९ लाई असर पारेको छ । कोसीको पानीबाट प्रभावित मानिसलाई सुरक्षित स्थानमा लगी उहाँहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाएको बताइएको छ ।
बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसहरुले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको छ । वर्षातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह क्षेत्र नगरपालिकामा असर पारेको बताइएको छ ।
यदि सप्तकोसी नदी बेलकालाई चिरेर बाहिर निस्कने हो भने यो पानी उदयपुरको तिलजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमानअनुसार त्यस क्षेत्रमा अहिले पनि नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ । अहिले पनि बेलका नगरपालिकाको भाटेपुलस्थित सिर्जना टोल डुबानमा परेको देखिन्छ ।
पुरानो धार परिवर्तन हुँदा बगरपछि खेतीयोग्य बनेको सो क्षेत्रमा मानिसले बिस्तारै खेतीपाती र बसोबास गर्न थालेका थिए । अन्य क्षेत्रका मानिस कोसीको बाढी देखेर पीर माने पनि श्रीलङ्का क्षेत्रमा बसोबास गर्ने मानिस आनन्दले आफ्ना खेतीपाती र घर व्यवहार गरिरहेका छन् ।
स्थानीयवासीका अनुसार कोसी पुरानै धार फर्के पनि श्रीलङ्का टापुमा पानी पस्दैन भत्रेमा ढुक्क छन् । उनीहरुकाअनुसार यो ठाउँ निकै अग्लो भएकाले त्यति सजिलै पानी पस्ने अवस्था छैन । त्यसैले खेतीपातीमा नै बढी व्यस्त हुने गरेको उनीहरुको भनाइ छ ।
बराह क्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टापु क्षेत्रमा लगभग एक हजार दुईसय मतदाता छन् । निर्वाचनमा कोसीमा डुङ्गा चढेर पारि मतदानका लागि यहाँका मानिस पुग्छन् । अहिले सो टापुमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट क्षेत्र सञ्चालनमा आएको छ ।
बेसारका लागि २० बिघा जग्गामा परियोजनाले केही लगानी गरेको बराहक्षेत्र नगरपालिका कृषि विकास शाखाका प्रमुख निरबहादुर राईले जानकारी दिए । उनले बगरलाई खेतीयोग्य जमिन बनाएर सबै किसिमको बाली उत्पादन गर्नाका साथै दाल, तेलहन र मौसम अनुसारको तरकारी बाली उत्पादन गरी राज्यलाई विभित्र उत्पादनमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए । शाखा प्रमुख राईले बाहिरबाट हेर्दा निकै विकट र झन्झटिलो मानिने यो स्थानको बेग्लै महत्व रहेको, प्राकृतिक हावापानी, चराचुरुङ्गीको चिरबिर आवाज, विभित्र बालीहरु खेतमा लहलहाएको देख्दा आनन्द लाग्ने बताए ।
यस्तै, रामउदगार महतोले सुरुमा यहाँ खेती गर्न समस्या भए पनि अहिले सहज भएको बताए । स्थानीय पालिकाले बिजुली, स्वास्थ्य केन्द्र र विद्यालय स्थापना गरेको छ । त्यसैले हामीलाई यहाँ बस्न रमाइलो लाग्ने गरेको उनले जानकारी दिए । श्रीलङ्का टापु क्षेत्रमा पर्ने रामपुर र नारायणपुर बस्तीमा जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गेपुल निर्माण गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments