
ऐँसेलुखर्कका १८ घरपरिवार पहिराेकाे उच्च जाेखिममा
- श्रावण २३, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङको ऐँसेलुखर्कका १८ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका अधिराज राई, चन्द्रबहादुर राई, रुद्रबहादुर राई, ललितकुमार राई लगायतको परिवार उच्च जोखिममा परेको हो । जोखिममा परेकाको घरनजिकै पहिरो गएको छ ।
निरन्तरको वर्षापछि शनिबार राति खसेको पहिरो घरदेखि लगभग ६० मिटर मात्रै टाढा छ । प्रहरीका अनुसार पहिरोले जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको छ । खेल मैदाननजिक पहिरो झरेको छ ।
पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करीब दुई सय मिटर बगाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । केही मुनिबाट अर्को पहिरो झरेको छ । जसका कारण माझगाउँ पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments