
इटहरीमा कोठा भाडा लिएर ब्राउन सुगरको कारोबार : श्रीमान श्रीमती सहित ४ जना पक्राउ
- श्रावण २२, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीबाट प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न श्रीमान श्रीमती सहित ४ जनालाइ पक्राउ गरेको छ । इटहरी उपमहानगर ६ आइतबारे स्थित भाटे खाजा घरबाट ब्राउन सुगर सहित २ जनालाइ र इटहरी ५ बाट २ जनालाइ पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ४ का २८ वर्षीय सुशान्त घिमिरे र सोहि वडाकि २७ वर्षिय सृजना ओझा रहेका छन ।त्यस्तै इटहरी ५ डेरा गरी बस्ने ३४ वर्षिय विर्त सिंह राई र उनका श्रीमती ३५ वर्षीया पवित्रा राई रहेका छन ।
बिशेष सुराकिको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले शृजना र सुशान्तलाइ उक्त होटलबाट नियन्त्रणमा लिइएको हो भने बृत सिंह र पवित्रालाइ भने इटहरी ५ बाट नियन्त्रणमा लिइएको हो । प्रहरीले सृजना ओझाले बोकेको झोलाबाट ब्राउन सुगर जस्तो देखिने सेतो धुलो १ ग्राम १५० मिली ग्राम, नगद रु २००० र मोवाईल १ थान बरामद गरेको छ ।
त्यस्तै पक्राउ परेका सुशान्त घिमिरेको साथबाट नगद रु ५००० र मोवायल १ थान बरामद भएको प्रहरीले जनाएको छ । उनिहरूलाइ नियन्त्रणमा लिएर सोधपुछ गर्दा इटहरी उपमहानगर ५ स्थित डेरा गरी बस्ने ३४ वर्षिय विर्त सिंह राई र उनका श्रीमती ३५ वर्षीया पवित्रा राईबाट खरिद गरेको बताएपछि प्रहरीले तत्काल उनिहरूको खोजीकार्यलाइ तिब्रता दिइएको थियो ।
खोजी गर्ने क्रममा इटहरी ५ बाट बिर्त सिहलाइ पक्राउ गरी चेकजाच गर्दा उनको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने ६ ग्राम ७६० मिली ग्रामको सेतो धुलो वरामद गरेको थियो । प्रहरीलाइ थप शंका लागि निजको कोठामा पुगेर खोज तलाश गर्दा श्रीमान श्रीमतीनै लागुऔषध कारोबार रहेको रहस्य खुलेको छ । प्रहरीले कोठामा खोजतलाश गर्ने क्रममा करुवा भित्र लुकाई राखेको अवस्थामा तौल ३३ ग्राम ९० मिलीग्राम भएको लागु औषध जस्तो देखिने सेतो धुलोबरामद गरेको छ ।
साथै प्रहरीले उनिहरूको कोठाबाट लागु औषध जोखेर बिक्रि बितरण गर्न प्रयोग गर्ने पकेट तौल डिजिटल तराजु थान(१ , मोवायल थान(१ र नगद रु २७,३००।(९सत्ताईस हजार तिन सय० वरामद गरेको जनाएको छ । पक्राउ चारैजनालाइ जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गराइ आवस्यकीय अनुशन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपि खगेन्द्र खडकाले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments