
आज प्रदेश एकमा लिम्बुवानकाे बन्द : ताप्लेजुङ र पाँचथरमा सामान्य प्रभाव , अन्य जिल्लामा प्रभाव शुन्य
- श्रावण २२, २०७९ मा प्रकाशित
इटहरी । लिम्बुवान राज्य घोषणाका लागि दबाब दिन आज (आइतबार) लिम्बुवान बन्दको आह्वान गरिएको छ । बन्दको ताप्लेजुङ र पाँचथरमा सामान्य प्रभाव परेको छ । अन्य जिल्लामा प्रभाव शून्य छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार ताप्लेजुङ र पाँचथरबाट लामो दूरीका सवारीसाधन सञ्चालन भएनन् । यी दुई जिल्लामा पनि छोटो दूरीका सवारीसाधन भने चलिरहेका छन् । बजार, पसल खुला छन् ।
अन्य जिल्लामा बन्दको प्रभाव परेको छैन । यातायात, बजार, उद्योग कलकारखाना निर्वाध रूपले चलिरहेको प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार बन्दको पूर्वघोषित कार्यक्रम रहेकाले सबै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँठाउँमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
अरुण पूर्वलाई लिम्बुवान राज्य घोषणाको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी किरात, लिम्बुवान, खम्बुवान प्रदेश परिषद्ले प्रदेश १ मा बन्दको आह्वान गरेको हो । पार्टीले अपिल जारी गरेर बजार पसल, यातायात, शैक्षिक संस्था, करकारखाना, उद्योग बन्दको घोषणा गरेको छ ।
लिम्बुवान राज्य घोषणाको माग गर्दै २०६६ सालदेखि प्रत्येक वर्ष साउन २२ गते लिम्बुवान बन्दको आह्वान गर्ने गरिएको छ । यस दिनलाई राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान गुमेको कालो दिनका रूपमा मनाउँदै बन्द र विरोधको कार्यक्रम गर्ने गरेको हो ।
विक्रम संवत २०१८ सालको लिम्बुवान र गोर्खाबीच भएको तम्रपत्र सन्धिलाई लत्याउँदै २०१८ साल साउन २२ गते लालमोहर सन्धिमार्फत लिम्बुवान राज्यलाई वृहत नेपालमा गाभिएको दाबी पार्टीको छ । यसकै विरोधमा प्रत्येक वर्ष साउन २२ गते बन्दको आह्वान गरिँदै आएको हो ।


सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments