राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने
- श्रावण २१, २०७९ मा प्रकाशित
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेद्बार उठाउने भएको छ । पार्टीको जिल्ला कार्यसमिति बैठकले जिल्लाका ५ वटै निर्वाचन क्षेत्र र १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिने निर्णय गरेको हो ।यद्यपी उम्मेद्वारको तय भने सम्बन्धीत पालिकाको सिफारिसका आधारमा पछि गरिने सो पार्टीका जिल्ला सचिव प्रकाश पाठकले जानकारी दिए ।
ईटहरीमा साउन ३० गते हुने प्रदेश भेलापछि रा.स्व.पाले उम्मेद्वारका बिषयमा निर्णय गर्ने तयारी गरेको छ । स्वतन्त्र रुपमा अभियान चलाएका र क्षमता भएका योग्य व्यक्तिलाई समेत पार्टीमा स्थान दिने पार्टीका जिल्ला सभापति उमेश खरेलले बताए । संबैधानिक समाजवादलाई आफ्नो मुख्य एजेण्डा बनाएको पार्टीले भदौको पहिलो साताबाट चुनावी अभियान समेत सुरु गर्ने जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments