•  ९ चैत्र २०८१
  •  9:53:21 PM

आन्नद ईटाको ‘हात खाली नजाने उपहार’ योजना, तीन महिनामा १० लाख पुरस्कार वितरण

- श्रावण २०, २०७९ मा प्रकाशित



इटहरी । आन्नद ईटाले ल्याएको हात खाली नजाने उपहार अन्र्तगत तीन महिनामा १० लाख बढीको पुरस्कार वितरण गरेको छ ।आन्नद, अनन्त र आँगन ईटा खरिदमा ग्राहकहरूलाई दिने हात खाली नजाने उपहार योजनामा १० लाख बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए ।

आन्नद, अनन्त र आगन ईटामध्ये कुनैपनि तीन हजार ईटाको खरिदमा एक थान स्क्र्याच कुपन ग्राहकले पाउँनेछन् । उक्त कुपन स्क्र्याच गर्दा आन्नदले हात खाली नजाने उपहार योजना ल्याएको निर्देशक अग्रवालले बताए ।उपहार योजना अनुसार बम्पर पुस्कार स्कुटी राखेको छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, ५ ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र १ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्म नगद उपहार रहेको छ ।

हात खाती नजाने उपहार अन्तर्गत विराटनगरका दुई जना ग्राहकले फ्रिज र टिभी पाएका छन् । विराटनगरका प्रमोद यादवले फ्रिज र प्रविणकुमार ठाकुरले टिभी पाए । उनीहरूलाई बिहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले उक्त पुरस्कार हस्तान्तरण गरे ।

वैशाखबाट सुरू भएको हात खाली नजाने उपहार योजना दशै र तिहारसम्म लैजाने तयारी गरिएको छ । उपहार योजना ल्याएपछि आन्नदको ईटा खरिद गर्ने उपभोक्ता बढेको निर्देशक अग्रवालले बताए । अहिले २५ प्रतिशत ईटा बिक्री बढ्ने उनले बताए । अहिले दैनिक १ लाख बढी ईटा बिक्री वितरण भइरहेको छ ।

एक सालमा ८ वटा चिम्नीबाट २ करोड ५० लाख आन्नद, आँगन र अन्नत ईटा उत्पादन हुने गरेको छ । आनन्दले १ नं. इटा २३ रुपैयाँ प्रतिगोटा बिक्री गर्दै आएको जनाएको छ ।

Comments

सम्बन्धित खवर