
इटहरीमा प्रथम संस्करणको अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने
- श्रावण १९, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रथम संस्करणको क्रिकेट प्रतियोगिता साउन २२ देखि इटहरी रङ्गशालास्थित इन्डोर हलमा आयोजना हुनेछ ।इटहरी क्रिकेट एकेडेमीको आयोजना हुन गई रहेको प्रतियोगितामा सुनसरी जिल्लामा रहेका विद्यालयहरुले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको मुख्य उद्देश्य सुनसरी जिल्लामा विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नु रहेको आयोजकले बताएको छ । प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।
लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक टोलीले कम्तिमा तीन खेल खेल्न पाउने गरी प्रतियोगिताको ढाँचा निर्माण भईरहेको इटहरी क्रिकेट एकेडेमीका सचिव सिपी पौडेलले बताए ।
सुनसरी क्रिकेट सङ्घका अध्यक्ष समेत रहेका उनले यस्ता प्रतियोगिताले विद्यालय स्तरबाटै खेलाडी पहिचान र प्रशिक्षण गर्न सजिलो हुने भएकाले प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । १० ओभरमा खेलाइने प्रतियोगिताका हरेक टोलीमा आठ खेलाडी रहने छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments