
सप्तकोशीमा बाढीको बबन्डर : उदयपुरका ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारियो
- श्रावण १८, २०७९ मा प्रकाशित
उदयपुर । अविरल वर्षापछि सप्तकोशीमा आएको बाढीको कटानबाट प्रभावित ९ सय परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटबाट सप्तकोशी नदीको भँगालो बस्तीमा पसेको छ ।५० मिटर लामो बाँध भत्काएर पसेको बाढी अहिले बेलका नगरपालिका–३ स्थित भाटेपुलमा पुगेको छ । नदी कटानका कारण प्रभावित ९ सय घरधुरीलाई सारेर सुरक्षित ठाउँतर्फ पठाएको उदयपुरका एसपी सुवास बोहराले बताए ।
स्थानीय प्रशासनका अनुसार सप्तकोशी बस्तीमा पस्दा करिब ४ हजार मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर–८, ९, १ र २ का स्थानीय प्रभावित भएका छन् । करिब १५ सय मानिसलाई तत्काल सुरक्षित ठाउँमा सानु पर्ने स्थानीय प्रशासनको निष्कर्ष छ । प्रदेश–१ का भौतिक योजना तथा निर्माणमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र डीआईजी सुदिप गिरी उदयपुर पुगेका छन् । भाटेपुल हुँदै बाढी वडा नम्बर–२ स्थित गिबेरी टोलतर्फ लागेको छ ।
स्थानीय प्रशासनले गिबेरी टोलमा पनि सुरक्षाकर्मी परिचालन गरेको छ । विस्थापित परिवार अहिले आफन्तकहाँ बसेका छन् । जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई सुरक्षित वासको व्यवस्था गरिने एसपी बोहराले जानकारी दिए ।बाढी प्रभावितको उद्धार तथा राहतलाई व्यवस्थित गर्ने बारेमा सरोकारवाला पक्षहरू बिचमा छलफल जारी रहेको बेलका नगरपालिका प्रमुख अशोक कार्कीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments