
सप्तकोशी बस्ती पसेपछि बेहाल, प्रभावितले सुरक्षित स्थान खोज्न गाउँ छोड्दै
- श्रावण १८, २०७९ मा प्रकाशित
इटहरी । सप्तकोशी नदीमा पानीको बहाब बढेर भंगालो फुटेपछि प्रभावित क्षेत्रका बासिन्दाले गाउँ छोड्न थालेका छन् ।बाढी बस्तीमा पस्न थालेपछि उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ का बासिन्दा सुरक्षित ठाउँमा जान थालेका हुन् ।
आज बिहान ४ बजेदेखि नदीले कटान गर्न थालेको हो । प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । उदयपुर परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृह जिल्ला पनि हो । गृहमन्त्री खाणले सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री खड्कासँग पनि छलफल गरेका छन् ।
कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचमा प्रभावित बनाएको छ ।

अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक ठाउँ र आफन्तकोमा पठाउने काम भइरहेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको विपद् व्यवस्थापन टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
नगरपालिकाले दुई दिनयता ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना प्रवाह गरेको पनि मेयर अशोक कार्कीले बताए । अहिलेको अवस्थामा नदीले धारै परिर्वतन गरेमा छिमेकी सप्तरी जिल्लाको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने अनुमान छ ।
सप्तकोशी नदी ७० वर्षपछि पुरानै धारमा फर्किएको हो । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट नदी पुरानै धारमा फर्किंदा उदयपुर, सप्तरी र सुनसरीका पाँच वटा पालिका जोखिममा परेका छन् ।
नदीले बेलका नगरपालिका वडा नम्बर ८, डुम्रीबोटेबाट धार परिवर्तन गर्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २३ सय घरपरिवार संकटमा परेका हुन् । सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बर १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन हुने अवस्थामा पुगेका छन् । सप्तकोशी नदीका पश्चिम सोझिँदा सुनसरी र उदयपुरका ३० हजार बढी जोखिममा पर्ने बताइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments